एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको बताएका हुन् । “मुलुकले तीव्ररूपमा विकास गरिरहको छ”, प्रधानमन्त्रीले भने, “देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।”

प्रधानमन्त्रीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्रतिशत गरीबीमा झरेको बताए । उनले प्रदेशको आर्थिक विकास समान खालको भएको जानकारी दिए । प्रधानमन्त्रीले समग्रमा आर्थिक विकास नै बढेको र श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएका बताए । उनले श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार हुुनुपर्ने अवस्था नआएको स्पष्ट पारे ।

श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताए । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७६१ वटा सरकार सञ्चालन भइरहेको बताए ।

हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गत वर्ष हल्ला चलेको थियो तर वास्तविकता त्यस्तो थिएन, लोकतन्त्र सङ्कटमा परेको अधिनायकवाद आउन लागेको कुरा होइन ।”
उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरे ।

’आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिकव्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,’ ओलीले भने । अमेरिका सरकारको ५० अर्ब र नेपालको १३ अर्बको लगानी रहेको एमसीसी परियोजनाले राष्ट्रिय गौरवको पहिचान प्राप्त गरेको उनको भनाइ थियो । ’एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा