कानून पालना गराउने क्रममा कुनै सम्झौता हुँदैनः आइजिपी ज्ञवाली



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा बुधबार आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दज्र्यानी चिह्नबाट सुशोभित गरेका हुन् ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

कार्यक्रममा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी रहेको बताए ।

हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै न्यौपानेले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताए । मुलुक सङ्घीयतामा गएपनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो ।

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सत्ता गठबन्धनको निष्कर्षः सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो, सडकबाट होइन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ