अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन सांसद गिरीको माग



काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुमाथि महाअभियोग लगाउनुपर्ने बताएकी छिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अख्तियार प्रमुख र आयुक्तहरुले इमान्दारितका साथ काम नगरेकाले महाअभियोग लगाउनुपर्ने बताएकी हुन् । उनले राजनीतिक नियुक्तिमा लेनदेन हुने गरेकाले सदनप्रति विश्वास घटिरहेको बताइन् ।

उनले विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीशमाथि जग्गा फिर्ता गर्दा मुद्दा नचलेको बताइन् । उनले भनिन्,‘हाम्रो पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफू दोषी भए कारबाही भोग्न तयार छु भन्नु भएको छ, त्यसैले सरकारले यसमा जोडिएका अरुलाई पनि छानविनको दायरामा ल्याओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सत्ता गठबन्धनको निष्कर्षः सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो, सडकबाट होइन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ