भूकम्पले क्षति पुर्याएका सम्पदा आगामी दुई वर्षभित्रमा पुनर्निर्माण गरिसक्ने सरकारको लक्ष्य



काठमाडौै । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुर्याएकोमा चार सयको पुननिर्माण भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । मन्त्री भट्टराईले बाँकी सम्पदाको पुननिर्माण आगमी २ वर्ष भित्रमा सम्पन्न गर्ने बताए । मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताए ।

त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सुचिमा सूचीकृत स्थलहरुलाई साइकल लेनले जोड्ने समेत बताए । विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय अपराधको आरोपमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही

जेठ १५ पछि प्रधानमन्त्री हेलिकप्टरमा भाग्नुपर्ने अवस्था आउँछः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरु हुने