नेपाली कांग्रेसद्वारा तेस्रो दिनपनि सदन अवरुद्ध



काठमाडौं । नेपाली कांग्रेसले पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।

कांग्रेसले लगातार बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधिन मुद्दा संसद्बाट निरुपण हुन नसक्दै भन्दै सदनमा अवरोध नगर्न प्रमुख प्रतिपक्ष कांग्रेसलाई आग्रह गरेका छन् । उनले भने, ’यो बैठक अगाडि बढाएरमात्रै प्रभावकारी हुन्छ। संविधानमा अदालतमा विचाराधिन मुद्दा संसद्बाट निरुपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था छ ।’

संसदमा धारणाा राख्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अख्तियारले कानुन उपयोग विभेदपूर्ण ढंगले गरिराखिएकोमा आफूहरुको आपत्ति रहेको बताए । उनले कानुनको नजर सबै समान हुन्छन् भन्दै आफ्ना नेतामाथि विभेदपूर्ण व्यवहारमा गरिएको भन्दै आपत्ति जनाए । कांग्रेसले अवरोध गर्न नछाडेपछि संसद् बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने