प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या



काठमाडौं । नेपालले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आइतबार राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

दरवारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

प्रतिकूल स्वास्थ्यका कारण प्रधानमन्त्री आउन नसक्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रधानमन्त्रीलाई के भएको हो भन्नेबारे भने केही खुलाइएको छैन । यसैबीच, नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । आइतवार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमापार अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत

स्वास्थ्य मन्त्रालयले दियाे १४ स्थानीय तहका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल

काठमाडाैं ।  डेंगुको संक्रमण बढेपछि सरकारले पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार काठमाडौंका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य

भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार

बेदकोट । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव