विजय थापा चिकित्सा शिक्षा आयोगको गेटमै आमरण अनशन बस्ने



काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता विजय थापाले माघ २२ गतेदेखि अनसन बस्ने आफ्नो कार्यक्रम यथावत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी थापाले चिकित्सा शिक्षाका विकृति हटाई आफ्ना माग पूरा गराउन पहल नगरिएको भन्दै आफ्ना आन्दोलनका कार्यक्रम यथावत रहेको बताएका हुन् ।
प्रेस बिज्ञप्ती
  आदरणीय पत्रकार दाजुभाइ,दिदिबहिनीहरु,,
शिक्षा,स्वास्थ,रोजगार=हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्वबिदितै छ। स्वास्थ,शिक्षा रोजगारलाई जबसम्म मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले दिलाउदैन तबसम्म हाम्रा दबाबमुलक,शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जे जसरी जारी राखेका छौँ यो निरन्तर अगाडि बढी रहनेछ भन्ने प्रण दोहोर्याउन चाहान्छौ। नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्र को कहालीलाग्दो जर्जर अवस्था के कति डरलाग्दो छ भन्ने कुरा हामी सबैका सामु जगजाहेर नै छ।हाम्रा दाजुभाइ-दिदिबहिनीहरु लाई नेपाल मै चिकित्सा चिकित्सा शिक्षा अध्यन गर्ने अवसर बाट बन्चित गर्दै चिकित्सा शिक्षा अध्यनकै लागी घरखेत बन्धकी राखेर बिदेशीनुपर्ने,बेचिनुपर्ने बाध्यात्मक अवस्था के कति कारण ले  निम्त्याएको छ त्यो हामी सबैका सामु छर्लङ्ग नै छ।हाम्रा दाजुभाइ,दिदिबहिनीहरु ले नेपालमा,आफ्नै घरमा बसेर चिकित्सा शिक्षा अध्यन गर्ने बाताबरण बनोस् भनेर नै  हामी बिगत देखी नै  निरन्तर संघर्षरत रहेको सर्बबिदितै छ।
नेपालको समग्र चिकित्सा शिक्षा क्षेत्रमा कायम रहेको यो भयावह डरलाग्दो अवस्थाको अन्त्य  केवल शक्तिशाली चिकित्सा शिक्षा आयोग बाट मात्रै सम्भव छ भनेर नै हामीले चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया सगै आयोगको उपाध्यक्ष जस्तो सम्मानित पदमा प्रा.डा.श्रीकृष्ण गिरिको नियुक्ति लाई खुल्ला हृदय बाट स्वागत गरेका थियौं।सिङ्गो देशले स्वागत गरेको थियोे।
आज दु:खका साथ भन्नै पर्छ सम्पूर्ण नेपालीहरुको आशा,अपेक्षा,भरोसा,बिश्वास माथी बलात्कार भएको छ। सम्पुर्ण भौतिक पुर्वाधार निर्माण सम्पन्न मेडिकल कलेज लाई सम्बोधन दिने प्रक्रियामा श्रीकृष्ण गिरिले बीस करोड घुस मागेको समाचार लाई सामान्य रूपमा लिन कदापि तयार छैन।त्यति मात्रै कहाँ हो र?घुस मागेको आरुप लागेका चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्रीकृष्ण गिरि माथी कुनै छानबिन नहुने अनि जो सग घुस मागिएको छ अर्थात (मेडिकल संचालक)जो स्वम पीडित भए भनेर न्याय माग्दै छ्न उसैलाई लाई चै कानुनी डन्डा देखाएर तर्साउने जस्ता क्रियाकलाप झनै रहस्यमय, षड्यन्त्रपुर्ण रहेको ठहर गरेका छौँ।करोड घुस माग्ने चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्रीकृष्ण गिरि घुस्याहा लाई उन्मुक्ति दिन ठुलै प्रपन्च रचियो।घुस मागेको काण्ड बाहिर पोखिए पछि भ्रष्टहरु ले दुर्गा प्रसाईं लाई कानुनी डन्डा देखाएर तर्साउन खोजेको छर्लङ्ग छ। आज खोज्दै जादा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष भ्रष्ट श्रीकृष्ण गिरिका अनेकौं अनियमितता का काला कर्तुतहरुको लामो फेहरिस्त नै तयार भएको छ।
मिति २०७६-९-२५गते यही हलमा पत्रकार सम्मेलन मार्फत   प्रेस बिज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्री कृष्ण गिरि बिरुद्ध सत्यतथ्य छानबिनका लागी सरकार समक्ष अनुरोध गर्दै निसपक्ष  सत्यतथ्य छानबिन का लागी श्रीकृष्ण गिरिले तत्काल राजीनामा दिएर  नैतिक जिम्मेवारी बहन गर्नुपर्छ भनेरै नै श्रीकृष्ण गिरिलाई नैतिक दबाब सिर्जना गर्न चरणबद्द संघर्षका कार्यक्रम घोषणा गरेका थियौं।म बिजय थापा कै नेतृत्वमा चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष भ्रष्ट  श्रीकृष्ण गिरिको घर वरिपरि,चिकित्सा शिक्षा आयोग को मुलगेटमा,माइतीघर मन्डलामा भ्रष्टाचारी श्रीकृष्ण लाई सामाजिक बहिस्कार गरौं भन्ने नारा सहितका पम्प्लेट,पर्चा सहितको हाम्रो बिरोध धर्ना कार्यक्रम सम्पन्न भैसकेको सम्पूर्ण पत्रकार दाजुभाइ,दिदिबहिनीहरु मा जानकारी गराउदछौ।
अझै पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि ले तत्काल राजीनामा दिएर नैतिक जिम्मेवारी बहन गर्न तयार हुदैनन् र सरकारले तत्काल गिरि माथी छानबिन गरि सत्यतथ्य सार्बजनिक गर्दैन भने आजैका मिति बाट पुनः भ्रस्ट श्रीकृष्ण गिरि लाई  सामाजिक बहिष्कार गरौं भन्दै फेरि पनि निरन्तर बिरोध प्रदर्शन,प्रचारप्रसार कार्यक्रम लाई जारी राख्दै श्रीकृष्ण  गिरि लाई जहाँ भेट्यो त्यही कालोमोसो दल्न बाध्य हुने जानकारी गराउदछौ।साथै प्रा.डा.श्रीकृष्ण गिरि उपर तत्काल छानबिन गरि कडा भन्दा कडा कारबाही नगरिए माघ २२(बाईस) गते बाट चिकित्सा शिक्षा आयोगको गेटमै आमरण अनशन बस्ने हाम्रो पूर्वानिर्धारित कार्यक्रम यथावत रहेको जानकारी गराउदछौ।
विभिन्न चरणको संघर्ष,आमरण अनशन लगाएतका कार्यक्रम मार्फत हामीले  बिगत देखी नै बारम्बार उठाउदै आइरहेको हाम्रा मागहरू आज पनि यथावत रहेका छ्न।
हाम्रा निम्न लिखित मागहरूलाई पुरा गर्न संबंधित सरोकारवाला निकाय,सस्था,सरकारले गम्भीरतापूर्वक नलिए त्यस बाट भोलि उत्पन्न हुन सक्ने  समस्या,दुर्घटनाको जिम्मेवारी स्वम सरकारले लिनुपर्नेछ l
                हाम्रा मागहरू 
१: मेडिकल कलेज लाई सम्बोधन दिन २०(बीस करोड)घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्री कृष्ण गिरिलाई  तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरियोस्।
२: भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरिले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतीष्ठान(न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाइ(junior doctor training) शिर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र(health statistics traning)शिर्षकमा प्रदान गर्ने १९ हजार युरो को अनियमितता,भ्रस्टाचार गरेको घटनाको तत्काल छानबिन गरि कारबाही गरियोस्।
३:२०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरि माथी चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ?अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरि के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य जस्ताको त्यस्तै सार्बजनिक गरियोस् ।
४: शिक्षा,स्वास्थ्य,रोजगार लाई मौलिक अधिकार का रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकार को उपयोग गर्न सक्ने ग्यारेन्टी को प्रत्याभूति दिलाइयोस।
५:  काठमाडौं उपत्यका बाहिर तत्काल मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु ले नेपाल मै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरियोस् ।
६: बाङ्लादेश बाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका(१८)अठार जना डाक्टरहरु को परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको  ब्यबस्था गरियोस् ।
७: सरकारी तलबभत्ता,सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरू लाई सरकारी सेवा बाट बर्खास्त गरि कडा भन्दा कडा कारबाही गरियोस् ।
८: प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा बर्सेनि देश बाहिर बिदेशीने गरेको  (७०)सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरण को निर्माण गरियोस् ।
९: नेपाल मा MD तथा PG class को कोटा न्युनतम(१७००)सत्र सय माथी पुर्याउने ब्यवस्था गरियोस्।
१०: श्रम,रोजगार का नाममा खाडी मुलुक बिदेशी भुमिमा आफ्नो रगतपसिना बेच्न बाध्य हाम्रा दाजुभाइ,दिदिबहिनीहरु लाई ससम्मान ढंगले स्वदेशमा फर्काएर नेपालमा नै रोजगार,स्वरोजगार बनि आत्मसम्मान पुर्वक स्वदेशमै आत्मनिर्भर बन्ने बाताबरण को निर्माण गरियोस्।
११: स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको रास्ट्रिय पुजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़संकल्पित उद्योगि,व्यावसायि हरु लाई प्राथमिकता राखेर लगानी गर्ने बाताबरण को निर्माण गरि लगानी सुरक्षित गरिदिने बाताबरण को निर्माण गरियोस् ।
   अन्त्यमा यो प्रेस बिज्ञयप्ति जारी गर्न गरिएको यो पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार संकलन ,सम्प्रेषण गर्न सहयोग गर्नुहुने सम्पुर्ण पत्रकार दाजुभाइ,दिदिबहिनी प्रति हृदय बाट नै हार्दिक धन्यवाद प्रकट गर्न चाहान्छौ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास