६७ हजारको चेक कीर्ते गरी २० लाख रुपैयाँ निकाल्ने एक जना पक्राउ



काठमाडौं । चेक कीर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव घिमिरेलाई चेक कीर्ते गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षिणकाली नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका थिए । घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई कीर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास