वैदेशिक रोजगारीमा जाने युवालाई विना धितो ऋण



जनकपुरधाम । प्रदेश सरकारको समन्वयमा प्रदेश दुईबाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेका छन् । प्रदेश सरकार , सीप परियोजना र प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले बिहीबारबाट युवाहरुलाई ऋण दिन शुरु गरेको हो ।

जनकपुरको सीता शरण होटेलमा आयोजित एक कार्यक्रम बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रदेश दुईका ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गरे । यसअघि एसबिआई बैंकले हिजो मात्र यो कर्जाको शुभारम्भ गरेको थियो ।

प्रदेश सरकार, सपि परियोजना र प्रभु बैक तथा एसबिआई बैंकबीच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन् ।
प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छ भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश सरकारसंग गरेका छन् ।

यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिक्कै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनु पर्ने छ । सोको लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउमा बचत खाता खोली दिने र भिसा लागेपछि , भिसा , श्रम सम्झौता बैकमा जम्मा गरे पछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैंकका सिबिओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई