राष्ट्रपति भण्डारीद्वारा हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गरेकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे । परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सत्ता गठबन्धनको निष्कर्षः सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो, सडकबाट होइन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ