सानातिना मतभेदलाई बिर्सेर शहीदको सपना पूरा गर्न लागौंः सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै सभापति देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् । लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै सभापति देउवाले यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले दु्रततररुपमा विकास र निर्माणका कार्य गर्ने बताएका छन् ।

“लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए”, विज्ञप्तिमा उल्लेख छ ।

विसं १९९७ देखि २०६२÷०६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय गन्तव्यमा निगमको अनलाइन टिकट बुकिङ सुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय

मनास्लु हिमपहिरामा परेका दुईको अनुहार चिन्न नसक्ने अवस्थामा

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार

इन्टरपोलद्वारा सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा