बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या



काठमाडौं । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको प्रहरीले जनाएको छ । ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् ।

वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उनका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए ।

हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ । एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो ।

त्यो बेला अपराधी भारत फरार भइसकेका थियो । प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उनले जानकारी दिए। उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् । उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ ।

होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार

भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने सांसदहरुको आशङ्का

काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का केही

जेठ १५ पछि प्रधानमन्त्री हेलिकप्टरमा भाग्नुपर्ने अवस्था आउँछः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरु हुने

नेपालको आन्तरिक तथा विदेश नीतिका विषयमा छलफल गर्न युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा

काठमाडौँ । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका