प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन



नेपालगंज । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । बुधबार साँझ उपचारका क्रममा ९२ वर्षीय गुप्ताको निधन भएको हो । गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा बुवाको निधन भएको जानकारी दिनुभएको छ । केही वर्षयता रोगले थलिएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि अस्पताल लगिएको थियो ।

नेपालगन्जको पत्रकारिता अलग्गै पहिचान बनाउनुभएका गुप्ता किरण साप्ताहिकका सम्पादक थिए । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले दशकअघि उनलाई सेनानीको उपाधि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई