भ्रमण वर्षको सुरुमा नै प्रकृतिले केही धक्का दियोः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् । सभामुख सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय संसद्को प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएकोमा सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

प्रधानमन्त्रीले कानुन र नियमसंगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पूर्ण सहयोग रहने बताए । सर्वसम्मतिमा सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै प्रधानमन्त्रीले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्रीले सदनबाट एमसीसीलगायतका थुप्रै विधेयक पारित गर्न बाँकी रहेका र सरकार एमसीसी संसदबाट अनुमोदनको प्रतिक्षामा रहेको बताए ।

‘अहिले संसदसमक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसिजस्ता कुराहरु पारित गर्नु पर्नेछ,’ उनले भने, ‘हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नु पर्नेछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ।’

उनले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति संसदको रेडर्कबाट हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न

राप्रपाको आक्रोशः ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई

रास्वपाको गुनासोः हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले आफूहरुको मागको सुनुवाइ गर्नुको साटो पेलेको बताएको

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः उपप्रधानमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार