पत्रकार बन्न अब लाईसेन्स परीक्षा पास गर्नुपर्ने



काठमाडौं । पत्रकारिता पेशामा आउन चाहनेले अब लाईसेन्स परीक्षा पास गर्नुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा पत्रकारका लागि लाइसेन्स परीषा पास गर्नुपर्ने प्रावधान राखिएको हो ।

अहिले पत्रकारिता पेशामा संलग्नहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउनेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित विधेयक पारित गरिएको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

दण्ड जरिवानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उल्लंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजीका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।

त्यसैगरी काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ । त्यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार