सभामुख सापकोटाविरुद्धको रिटमा भोलि फेरि सुनुवाई हुने



काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सोमबार नसकिएपछि मंगलवार पुनः बहस हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण आदेश माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सोमबार भएको सुनुवाइमा त्रिपाठीसहित बाबुराम गिरी, ओमप्रकाश अर्याल, राजेश चापागाईं, सुनिल पोखरेलले बहस गरेका थिए ।

सापकोटा सभामुख पदमा निर्विरोध हुने अवस्था आएपछि सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै त्रिपाठीले शुक्रबार रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको यो रिट उनले हेर्न नमिलेपछि आजका लागि अर्को पेशी तोकिएको थियो । उनीमाथि २०६२ सालमा तात्कालीन माओवादीको अपहरणमा परेका काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक नाढिमन ताल गौचरनमा परिणत

बरहथवा (सर्लाही) । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ

दमौलीमा भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

  दमौली । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण

सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका