एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छुः सभामुख सापकोटा



काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् । सभामुख पदको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहालीपछि पत्रकारहरुसँग कुरा गदैै सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताएका हुन् ।

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा सभामुख सापकोटाले एमसिसीसम्बन्धी सहयोग लिने/नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे । एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्ने उनले बताए ।

सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए । उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए । पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेताहरुमा धम्कीको भाष्य

शारदाप्रसाद त्रिताल । एकजना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक

तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते

युक्रेन-रुस युद्धमा तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको