गायिका आस्था राउतद्वारा प्रहरी समक्ष ‘आत्मसमर्पण’



काठमाडौं । अभद्र व्यवहारको मुद्दामा पक्राउ पूर्जी जारी गरिएकी गायिका आस्था राउतले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छन् । राउत सोमबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैं गएकी हुन् ।

राउत परिवारका साथमा परिसर पुगेकी थिइन् । राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ । राउतमाथि माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोप छ । सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी श्रेष्ठसँग विवाद भएको थियो ।

त्यसपछि उनले फेसबुकमार्फत श्रेष्ठ र प्रहरी संगठनमाथि आक्रोश पोखेकी थिइन् । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले

विद्युतीय अपराधको आरोपमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

कास्कीको सिनुवा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । मंगलबार