दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा, मिलन थुनामै



पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका थिए । त्यसको भोलिपल्ट मिलनले आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी दिएका थिए । मिलनको उजुरीका आधारमा बिहीबार मनाङ्गे पक्राउ परेका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारको मुद्धा पेश गरेको थियो । सांसद राजीवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप थियो । यो कसुरमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ ।

तर प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा छाड्न आदेश दिएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेको हो । बैंकिङ कसुर मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ भने पीडितलाई रकम दिलाउने र ३ महिना जेल सजाय हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य