प्रायोजित भ्रमबाट देशलाई माया गर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को प्रतिरक्षा गरेका छन्। थापाले सामाजिक संजाल फेसबुकमार्फत देशभर एमसीसीविरुद्ध विरोध चर्किँदै गर्दा आफूलाई राष्ट्रवादी दाबी गर्ने थापाले एमसिसीको विरोध गर्नेहरु यो कार्यान्वयनमा आएपछी नाङ्गिने तर्क गरेका हुन्।

फेसबुकमा अध्यक्ष थापाले यस्तो लेखेका छन् ।

६२/६३ को परिवर्तनको त्रुटिपूर्ण मार्गचित्र र अवधारणाको कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिको प्रतिस्पर्धास्थल बन्नसक्छ भन्ने राप्रपाको विश्लेषण अहिले सत्य सावित भैरहेको छ।एमसिसी प्रकरणमा देखिएको ध्रुविकरण/विवाद त्यसको ज्वलन्त उदाहरण हो।
विगतमा चिनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरियो।त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभाव/ स्वार्थ एमसिसीमा उडेर आउंदैन।प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ।
मन वचन र कर्मले देशलाई मायागर्ने राष्ट्रवादी भएको हुँदा एकपटक होइन,हजार पटक भन्न सक्छु कि एमसिसी नेपालको हितमा छ।अहिले एमसिसीको विरोधगर्नेहरु एमसिसी कार्यान्वयनमा आएपछी नाङ्गिने छन्।कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ।

एकथरी चिनिया सहयोग ‘बिआरआई’को बिरोधगर्ने,अर्काथरी अमेरिकी सहयोग ‘एमसिसी’को बिरोध।दुवै प्रवृत्ति गलत हुन।शितयुद्धकालिन बिश्व प्रतिस्पर्धामा राजा महेन्द्रले चिन,भारत,अमेरिका,रुस सबैको सहयोग लिएर नेपालमा बिकासको जग राखेका थिए,त्यस्तै दूरदर्शिता,साहस र राष्ट्रवादी सोचको अहिले खांचो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई