सभामुख चयन आज, अग्नि सापकोटा एकल उमेदवार



काठमाडौं । प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

सभामुखमा नेकपाको तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सापकोटाको मात्र उम्मेदवार परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् ।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवास नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने कार्यतालिका छ । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती र नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ छन् । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक जनाको मात्रै उम्मेदवारी परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।

मुख्य विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले सभामुखमा उम्मेदवारी नदिएपछि नेकपा उम्मेदवार सापकोटा निर्विरोध निर्वा्चित हुने निश्चित भएको हो । यस्तै सभामुखमा उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनीविरुद्धको रिटमा आजै सुनुवाई हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

घुसकाण्डमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका

कार दुर्घटनामा अमेरिकामा दुई नेपाली विद्यार्थीको मृत्यु

लुइजियाना । अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको शनिबार राति कार

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार