मनाङेविरुद्ध उजुरी दिने एन्फाका कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ



पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिलन गुरुङ (दीपक मनाङे)विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् । गुरुङविरुद्ध बैंकिङ कसुर, ठगीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङे बिहीबार पक्राउ परेका थिए । मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा