साझा यातायातलाई सेयर लगानीबापत प्रदान गरेको तीन अर्ब रुपैयाँ ब्याजसहित सरकारले फिर्ता लिने



काठमाडौं । सरकारले साझा यातायातलाई सेयर लगानीबापत प्रदान गरेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोलटाले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेको हुँदा उक्त सेयर लगानीवापतको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले भने, “सरकारले सेयरबापत लगानी गरेको तीन अर्ब र रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको ब्याजसहित उक्त रकम फिर्ता लिने निर्णय गरेको छ ।“ यसअघि सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तीन सय विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ । यस्तै, जयनगर जनकपुर बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ ।

गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बैठकले सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको