दीपक मनाङेले किन गरे एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात ?



पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सांसद दीपक मनाङेले हातपात गरेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि मनाङेले हातपात गरेका हुन् । प्रतियोगिता उद्घाटन कार्यक्रममा जाँदै गर्दा मनाङेले आफूलाई एक्कासी हातपात गरेको गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए । खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनले बताए ।

प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ । मनाङेले भने गुरुङले भने मनाङबाट आएका खेलाडी लाई खेल्न ग्राउण्ड नदिएको र खर्च पनि नदिएको कुरा गर्दा उल्टै ठूला कुरा गरेकाले आफूले सम्झाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा