सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेधाज्ञा जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयबासी तोडफोडमा उत्रिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेश अनुसार बाह्रबिसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रबिसेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शान्ति सुरक्षामा चुनौती सिर्जना भएपछि निषेधाज्ञा जारी भएको जानकारी दिएकी छन् । बाह्रबिसे नगरपालिकाले शुक्रबार अतिक्रमित क्षेत्रबाट टहरा भत्काएको थियो । त्यसको विरोधमा स्थानीयबासीले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सत्ता गठबन्धनको निष्कर्षः सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो, सडकबाट होइन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ