उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय



काठामाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको सचिवालय बैठकले राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको उनले बताए । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन् ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन् ।

नेकपाले सभामुख उम्मेदवार चयन भने गर्न सकेको छैन ।निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन

पार्टीभित्र अन्तरघात नभएको भए ४ सय स्थानीय तहा जित्थ्यौंः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन सफल भएको जनाएको छ। सोमबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड

के धरानवासीको हर्ष बन्लान् त हर्क ?

देवेन्द्र कार्की, धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा एक्ला स्वतन्त्र उम्मेदवार