प्रधानसेनापति थापाले भने -नेपाल एकीकरण अभियानसँग सम्बन्धित धरोहर संरक्षणमा लागिपरेका छौं



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको योगदानलाई जीवित राख्दै सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्न नेपाली सेनाले प्रयास गरिरहेको बताएका छन् ।

अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक ग्रन्थ लोकार्पण कार्यक्रममा प्रधानसेनापति थापाले राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायले एकीकरण मार्ग निर्माण गरिरहेको समेत बताए ।

नेपाल एकीकरण गर्दा प्रयोग भएका पदमार्ग, एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटनलाई सहयोग गर्ने लक्ष्यका साथ सेना अगाडी बढेको उनले बताए ।
‘अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ हरि प्रसाद स्वडारीले लेखेका हुन् । लेखक स्वडारीले पृथ्वी नारायण शाहसँग सम्बन्धि प्रकाशित पुस्तकहरुमध्ये यो पुस्तक वृहत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने-जित हाम्रै हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई

राष्ट्रपतिबाट खातुनलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र

संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम कांग्रेसले गर्नुहुँदैनः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको

केपी ओली ‘कुहिएको अण्डा’हुन्ः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई