बलिदानी दिवसको विशेष समारोह यसवर्ष बीरगंजमा हुने



जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ । कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ ।

२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो । गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपालमा क्वारेन्टीन अनिवार्य

काठमाडौं । कोरोना भइरसको ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण

कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

कास्की । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी भएका छन् ।

जाजरकोटमा बस दुर्घटनामा परी पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोटको कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ

ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएकोमा भीम रावलको विरोध

काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष