चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ



नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंका मेयरविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रदर्शन भएको छ । मेयर साहले

मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा आउने

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन्

लुम्बिनीमा शून्य प्लाष्टिक अभियान सुरु

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ ।

अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा

जनकपुरधाम । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन