प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यसवर्ष ६० हजारलाई रोजगारी दिइने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको जानकारी दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताए ।

विनियोजित बजेटमध्ये ७० प्रशित रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उनले बताए । एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरुप दिनुपर्ने प्रावधान रहेको उनले बताए ।
गत वर्षमा झार उखेल्ने प्रकृतिका कामहरुमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना