पर्यटनमन्त्रीसहितको ‘नेपाल भ्रमण वर्ष’ र्‍यालीलाई अस्ट्रेलियामा रोक



काठमाडौं । नेपाल भ्रमण वर्षको प्रबद्र्धनका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्यालीलाई प्रहरीले रोक लगाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईसमेत सहभागी र्याली अनुमति विना निकाल्न खोजिएका कारण सिड्नी प्रहरीले रोकको त्यहाँबाट सञ्चालित न्यूज पोर्टल ‘साउथ एसिया डटकम डट एयु’ले उल्लेख गरेको छ । मंगलबार निकालेको र्यालीलाई मन्त्री भट्टराईले नेतृत्व गरेका थिए ।

यो कार्यक्रम प्रवद्र्धनात्मक तथा व्यापारिक फाइदाका लागि गरिएको अनि विरोध प्रदर्शन गर्ने अधिकारलाई सुरक्षित गर्ने कानूनअन्तर्गत नपर्ने भएकाले र्यालीमा रोक लगाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले र्यालीमा भाग लिने सहभागीको संख्या हेरेर पनि त्यसलाई अनुमति नदिएको बताइएको छ । सहभागीहरूले सडकपेटीमा कब्जा जमाएर पैदलयात्रीहरूलाई अप्ठ्यारोमा पार्न सक्ने डर अधिकारीहरूले लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली