फेरि वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि काठमाडौंलगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ । इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ समेत पार्नेछ।

पश्चिमी वायु अहिले सुदुरपश्चिम क्षेत्रबाट पूर्वतर्फ सरिरहेको छ। यसैकारण आज पश्चिम क्षेत्रको मौसम पुरै बदली हुने र पूर्वमा पनि घाम–छायाँको अवस्था हुने मौसमविद्हरुले जानकारी दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा बर्षा समेत हुनेछ। भोलि बुधबार भने काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ।

शुक्रबारसम्म सक्रिय रहने यो मौसम प्रणालीले पानी र हिउँ पर्ने तथा चिसो अत्याधिक बढाउनेछ। पश्चिमी निम्नचापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन विभागले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो राजाको शासन होइन, गणतन्त्र हो, यहाँ कानून चल्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको

अझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

  काठमाडौं । आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको

गणतन्त्र आएको १५ वर्षपछि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला

पोखरा । पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको