निर्जीवन बीमाका लागि बीमा समितिले तोक्यो बीमा कम्पनी(सूचीसहित)



काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् ।

उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए । त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवामार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताए ।

तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताए । यो अभियानले बीमको पहुँच बढ्ने समेत बताउनुभयो । सरकारले कृषि तथा पशुपक्षीं बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिदै आएको छ ।

कुन जिल्लामा कुन बीमा कम्पनी ?   

नेपाल इन्स्योरेन्स कम्पनी लि. :   दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर

राष्ट्रिय बीमा कम्पनी लि.:    बझाङ, डोटी, कैलाली

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. :    हुम्ला, बाजुरा, अछाम

एभरेष्ट इन्स्योरेन्स कम्पनी  :  कालिकोट, दैलेख, सुर्खेत, बर्दिया

सगरमाथा इन्स्योरेन्स कम्पनी :   मुगु, जाजरकोट, जुम्ला

एन एल जी इन्स्योरेन्स लि.  : डोल्पा, रुकुम पश्चिम, सल्यान, बाँके

प्रभु इन्स्योरेन्स लि.  :  मुस्ताङ, म्याग्दी बाग्लुङ, स्याङ्जा

सिद्धार्थ इन्स्योरेन्स लि. :   मनाङ, कास्की, पाल्पा, रुपन्देही

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. :    गोरखा, लमजुङ, तनहुँ, परासी

शिखर इन्स्योरेन्स कम्पनी लि.  :  चितवन, मकवानपुर, धादिङ, नुवाकोट

हिमालयन जनरल इन्स्योरेन्स क. लि. :    सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, बारा

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. :   दोलखा, रामेछाप, सिन्धुली, सर्लाही

आइएमई जनरल इन्स्योरेन्स लि.  :  सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. :   संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर

नेको इन्स्योरेन्स लि.  :  ताप्लेजुङ, पाँचथर, इलाम, झापा

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि. :   धनकुटा, सुनसरी, तेह्रथुम, सप्तरी

नेशनल इन्स्योरेन्स कम्पनी लि. :   रोल्पा, प्युठान, दाङ, अर्घाखाँची

सानिमा जनरल इन्स्योरेन्स लि.  :  कपिलवस्तु, नवलपुर, मोरङ

जनरल इन्स्योरेन्स कम्पनी लि.  :  रसुवा, सिरहा, पर्सा

अजोड इन्स्योरेन्स कम्पनी लि.  :  गुल्मी, पर्वत, पूर्वी रुकुम, रौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर