वर्षा कारण देशभर चिसो,सर्वसाधारण प्रभावित



काठमाडौं । वर्षा कारण राजधानी सहित देशभर चिसो बढेको छ । चिसो बढेपछि राजधानीका बिभिन्न स्थानमा मानिसहरु आगो र हिटर तापेर बसेका छन् ।

शुक्रबार काठमाडौं उपत्यका नजिकका अग्ला डाँडाहरुमा हिउँ परेपछि चिसो झन् बढेको महसुस भएको छ । काठमाडौंमा घाम लागेको छैन । हिमपात र पानीले बालीनालीलाई फाइदा हुने भए पनि दैनिक कामकाज नै प्रभावित हुँदा मानिसहरु समस्यामा परेका छन् । त्यस्तै विद्यार्थीहरु लगायत सर्वसधारन बाटोमा आच्छुछु…..जाडो भन्दै हिडिएको देखिएका छन् ।

चिसोबाट बालबालिका, जेष्ठ नागरिक र बिरामीहरु प्रभावित भएको राजधानीमा बस्दै आएको तेम्बा थामीले बताए । धेरैजसो घरबाहिर निस्किन सकेका छैनन् । घरमै रहेकाहरु एसी, हिटर वा कोइलाको सहयोगमा कोठा न्यानो बनाएर बसेका उनले बताएको छ । जरुरी काम परेर घरबाहिर निस्किएकाहरु चिया पसलमा आगो तापेको भेटिएका छन् ।

तस्विर : शिब शंकर चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्र आएको १५ वर्षपछि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला

पोखरा । पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको

संविधानमा रहेका अधिकारको प्रयोग जनताले सहज रूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग

टीकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले न्याय पाउनुपर्छः रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनको माग

रेशम चौधरी रिहा

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता