समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारबाट फिर्ता भएको समाजवादी पार्टीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । प्रधानमन्त्री स्वयम् आफूले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नु औचित्य सकिएको उनले बताए ।

‘सरकारमा सहभागी हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमी कमजोरी हटाउने भन्ने स्पष्ट सहमति भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, यादवले भने, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन उल्टो नीति निर्माण, बजेट निर्माण, कानुन बनाउँदा कुनै सहकार्य भएन् । सहकार्यको संस्कृति लत्याएर एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’’

अध्यक्ष यादवले मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव नभएर आफूले संविधानमा भएको त्रृटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन छलफल गर्ने प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकार छाडेको बताए ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको बताए ।
तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भएरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उनले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताए ।

राष्ट्रिय जनतापार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उनले बताए । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पुरा भएको अब राजपा कसरी अगाडी बढ्छ भन्नेमा एकताको खाका कोरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका