सवारी दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले सक्दैनः सचिव कार्की



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन् ।

संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताएका हुन् ।

उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए ।

उनले पछिल्लो समय सडकका कारणले भन्दापनि मानविय र यान्त्रीक गडवडीका कारण दुर्घटना हुने गरेको बताए । त्यसको नियन्त्रण गर्नेकाम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए । त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताए ।

त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखी भन्दा पनि नाफामुखी भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उनले बताए । नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ । यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानविय र यान्त्रीक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।