महराले दिएको पुनरावेदनको निवेदन उच्च अदालतमा आज सुनुवाई हुँदै



काठमाडौँ । आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ ।

आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा सुनुवाइ हुन लागेको हो । उच्च अदालत पवाटनको आदेशमा महरालाई किन पुर्पक्ष थुनामा पठाइएको थियो भन्नेबारे आधार र कारण खुलाएर जिल्ला अदालतले ’कैफियत प्रतिवेदन’ उच्च अदालत पाटनमा पठाइसकेको छ ।

पाटनले जिल्लाको आदेश सदर गरे महरा थुनामै रहनुपर्ने हुन्छ । उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याए महरा रिहा हुन्छ वा धरौटीमा छुट्छन् । त्यो आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने बाटो भने खुला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहका लागि  एक खर्ब ९४ अर्ब र रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब

बजेट निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको छ, कार्यान्वयन हेर्न बाँकी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी आर्थिक वर्षको

दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याइने

काठमाडौं । सरकारले दुई वर्षभित्र शत्प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्याउने भएको छ ।

९८ प्रकारका औषधि, खोपलगायतकाआधारभूत स्वास्थ्य सेवा निःशुल्क

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध