को आउला अब नेपालका लागि भारतीय राजदूत ?



काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरिसकेका छन् ।

पुरीको कार्यकाल यही डिसेम्बर ३१ बाट सकिँदैछ । उनी सन् २०१७ को मार्च २५ मा नेपाल आएका थिए । राजदूत पुरीको कार्यकालमा खासै विवादमा नआए पनि पछिल्लो पटक उत्पन्न सीमा विवादको बारेमा भने ठोस निस्कर्ष निस्कन सकेको छैन ।

नेपालले भारतलाई वार्ताका लागि प्रस्ताव गरेको भए पनि वार्ता हुन सकेको छैन । अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाणिज्य विभागका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म

न्यायाधीशकी श्रीमतीको स्कुटरबाट ब्राउन सुगर बरामद 

दाङ । दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्।

पहिलो चरणको खोप लगाई दोस्रो चरणमा प्रवेश गर्नु विशेष उपलब्धिः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप