काठमाडौंका मेयर भन्छन् – सम्पदा पुनर्निर्माणको काम नहुनुमा पुरातत्व विभाग बाधक



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूनर्निर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन् ।

२५ औं महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन् । विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पूनर्निर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको उनले बताए । मेयर शाक्यले आफूले निर्वाचनका समयमा जाहेर गरेका प्रतिवद्धता सबै नभएपनि धेरै काम भएको बताए ।

‘केही काम गर्न पनि बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुराहरु आफ्नै बनाएर लागु गरिरहेका छौँ’, उनले भने । २५ औं महानगर दिवसका अवसरमा सडकमानव मुक्त अभियानको घोषणा गरिएको छ । महानगर स्थापना भएको दिनको सम्झनामा भएको कार्यक्रममा सडकमानव मुक्त अभियानको घोषणा गरिएको हो ।

उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देउवाद्वारा आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न अर्थ मन्त्रालयको निर्देशन

  काठमाडौँ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना

जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता

  बाँके । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन

४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।