देउवा-पौडेल भेटः संयमतापूर्वक पार्टीलाई अगाडि बढाउन पौडेलको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन पौडेल निवास बोहराटारमै पुगेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुगेका हुन् । भेटमा उनीहरुबीच चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडी बढ्ने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

सभापति देउवालाई हतारमा अगाडी बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडी बढ्नुपर्ने सुझाव देउवालाई आफुले दिएको पौडेलले जानकारी दिए ।

उनले भने,‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ । पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्यालाई न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडी लानुपर्छ । यहि विषयमा सभापति ज्यूसँग कुरा भएको छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकिन्छ ? यो सभापतिको जिम्मेवारी हो । हामी सबैले साथ दिन्छौँ।’

सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।
पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताए ।

उनले भने, ‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ । समायोजनको काम सकिएपछि कार्यतालिका पनि हामी बनाउँला । कार्यतालिका बनाउन एक वर्षको अवधि थप्नुपर्छ । अवधि थपेपछि कार्यतालिका बनाउने काम निर्वाचन समितिको हो । महाधिवेशन कार्यतालिका नबनाउने कहाँ भन्या छ र ?’

शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषय सरकारको प्राथमिकतामा

काठमाडौँ । सत्ता साझेदार दश दलको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।