काठमाडौंका जननिर्वाचित प्रथम मेयर जनकमान श्रेष्ठको निधन



चन्द्रमणि भट्टराई ।

काठमाडौं । काठमाडौका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको आज बिहान ७ बजे निधन भएको छ । उनकी बुहारी रीना श्रेष्ठका अनुसार उनी बिगत एक बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहेका थिए । उनी घरमै बसेर उपचार गराइरहेका थिए । उनी मंसिर ८ गते ९२ बर्ष पूरा गरेर ९३ बर्षमा प्रवेश गरेका थिए । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

श्रेष्ठ निर्वाचित हुँदाको समय
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भाद्र १० गते नगरपालिकाको चुनाव सम्पन्न भयो ।

त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानून थियो । त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेद्वारी दिएका थिए । उनका प्रतिस्पर्धीका रुपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाइस्कूलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।

दामोदर शर्माले उम्मेद्वारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेद्वारी प¥यो । त्यस निर्वाचनमा वडा २ (हालको वडा १२ र २१) मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३÷३ वटा मतपेटिका थिए । हरेक उम्मेद्वारका लागि एक पतपेटिका (आफूले जुन उम्मेद्वार चुन्नु पर्ने हो उसैको पेटिकामा मत दिनु पर्ने) थिए । निर्वाचनमा करीव २५०० मत ल्याएर जनकमान निर्वाचित भए ।

सभापतिको निर्वाचन

नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नु पर्ने थियो । त्यो काम सजिलो थिएन किनभने निर्वाचित सदस्यहरुमध्ये कुनै पनि दलको बहुमत थिएन । समीकरण गरेर नेतृत्व छान्नु पर्ने थियो । १८ जनामध्ये ६ जना कम्युनिष्टबाट, ५ जना प्रजा परिषद्बाट, ३ जना कांग्रेसबाट ३ जना स्वतन्त्र र १ जना गोर्खा दलका सदस्य थिए । गोर्खा दलले थापाथली क्षेत्र (वडा नं. १) बाट निर्वाचित थिए । त्यस क्षेत्रमा राणा परिवारका मानिसहरु बस्थे ।

पहिलो धेरै सदस्य भएको कम्युनिष्ट र दोश्रो धेरै सदस्य भएको प्रजा परिषद्को सभापति पदका लागि दावी थियो । यी दुवै पक्ष आफ्नालागि बहुमत पु¥याउने कोशिशमा थिए । कांग्रेस पार्टीले कम्युनिष्टलाई सिद्धान्तले पनि सपोर्ट गर्दैन भनेर प्रजा परिषद ढुक्क थियो । यता दलहरु आफ्नो बहुमत जुटाउन लाग्यो, उता मजिष्ट्रेट (प्रमुख जिल्ला अधिकारी) सभापतिको निर्वाचनको तयारीमा लागे । प्रक्रिया शुरु भएपछि प्रजा परिषद्कातर्फबाट पुष्करनाथ उप्रेती र कम्युनिष्टकातर्फबाट जनकमानले उम्मेद्वारी दर्ता गराए । यसबेलासम्ममा प्रजा परिषद्ले निर्वाचित सबै सदस्यलाई बोलाएर आफ्ना पक्षमा समर्थन गर्न चिया खुवाइसकेको थियो । त्यो बेला अहिलेको जस्तो थिएन । निर्वाचित भइसकेपछि आफूबीचमा चिनजान पनि त्यही चियापानका समयमा भएको थियो ।

एक दिन स्वतन्त्रबाट निर्वाचित घननाथ उपाध्यायले जनकमानलाई भेटेर स्वतन्त्रले समर्थन गर्ने बताए । यसपछि उनैले कांग्रेस मनाउन सल्लाह पनि दिएन । यसै बमोजिम जनकमान वडा ३ बाट निर्वाचित प्रयागराज सिंह सुवाललाई उपसभापति बनाउने शर्तमा कांग्रेस मनाउने रणनीतिमा लागे । त्यो काम सजिलो थिएन । कांग्रेसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाले कुनै पनि हालतमा कम्युनिष्टलाई समर्थन गर्दैनथे, त्यसैले गणेशमानलाई फकाएर अघि बढ्ने दाउमा लागे । कुराकानी र छलफल शुरु भयो । जनकमानको प्रस्तावमा गणेशमानले पहिले त विश्वाश गरेनन् । उनले “कम्युनिष्टले धोका दिन्छन् । भर गर्नु हुँदैन ।” भन्ने जवाफ दिएका थिए । पछि सभापतिमा जनकमानलाई दिएका भोट उपसभापति पनि दिने, लिखित सहमति भएपछि ३ सिटमा सीमित कांग्रेसले उपसभापति पाउने निश्चित भयो । यसै सहमति बमोजिम कांग्रेस र स्वतन्त्रको भोट पाएर जनकमान सभापति बने । त्यसबेला उनलाई गोर्खा दलका सदस्यको पनि मत आएको थियो ।

यो समीकरणको बनावट र निरन्तरताको शर्तबमोजिम सभापतिको निर्वाचन भएको १५ दिनभित्र उपसभापतिको निर्वाचन भयो । त्यस निर्वाचनबाट प्रयागराज सिंह सुवाल उपसभापतिमा निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते