कांग्रेसमा किचलोः पौडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बहिष्कार



काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद सतहमा आएको छ । रामचन्द्र पौडेल पक्षका नेताहरुले बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेसँगै कांग्रेसको विवाद सतहमा आएको हो ।

कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिस्कार गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । विधान अनुसार महाधिवेशनका लागि तीन महिनाको समय मात्रै बाँकी रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिकाको एजेण्ड बैठकमा राख्न नमानेपछि बैठक बहिस्कार गरिएको उनले बताए ।

मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्ने यसअघिको निर्णय भएपनि त्यो नभएको उनले बताए । पार्टीका आन्तरिक कामहरु समयमै सम्पन्न गरि पार्टीर्लाइ प्रभावकारी ढंगले एक भएर अगाडि बढ्नुपर्ने समयमा अरु अरु कुराहरु लिएर महाधिवेशन टार्ने नियत देखिएको उनको भनाई थियो । बैठकम एजेण्डा मिलाएर जाउँ भन्दा पनि सभापति देउवाले नटेरेको उनले बताए ।

मूल कुरालाई बैठकमा प्रवेश नै नगराउने तर विधानले गरेको व्यवस्था भन्दा अर्को व्यवस्था गर्न थालेपछि बैठकमा बस्नुको कुनै आवश्यकता नरहेको उनले बताए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरु हुनु नै अन्त्य हुनु नभएको र प्रस्ताव आउनु नै पारित हुनु नभएको बताए ।

बैठकमा सीमा अतिक्रमणका सन्दर्भमा पार्टीले पहिले नै आफ्नो आधिकारिक धारणा व्यक्त गरेपनि बैठकमा प्रस्ताव पेश भएको उनले बताए । पार्टीको तेस्रो चरणको जागरण अभियान सञ्चालन, पार्टीका २८ वटा विभागहरु बढाएर ४१ बनाउने, उपनिर्वाचनको समीक्षा र तरुण दलले थप गरेको ६ महिनाको समय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको उनले बताए ।

तेस्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुरमा अन्तक्रिया आयोजना गरिएको उनले बताए ।

त्यसैगरि गण्डकी प्रदेशको दमौली, प्रदेश ५ को तौलिहवा, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा गर्ने गरि प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताए । माघ १६ गतेबाट २५ सम्म अभियान सञ्चालन गर्नेगरि छलफल सुरु भएको उनले बताए ।

२०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा