भूकम्पबाट क्षतिग्रस्त ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका भारतले सहयोग गर्ने



काठमाडौं । नेपालमा भूकम्पबाट क्षतिग्रस्त ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।

भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौंमा आयोजिवत कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गरेका छन् । कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको जानकारी दिए ।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोरङको सुन्दरहरैँचा जंगली हात्ती आतंक, आक्रमणबाट एकजनाको मृत्यु

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चिया बेचेरै मासिक १ लाख आम्दानी

सर्लाही ।  सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको

‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र

जंगली हात्तीले सर्लाहीको हरिपुरमा एक हजार विघा क्षेत्रमा लगाएको बालीमा क्षति

बरहथवा । सर्लाही जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्याउन