विश्वस्त हुनुस् राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिने छैनौंः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरलेले ठूला माछा र साना माछाको प्रसंग चल्ने गरेको भन्दै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने बताएका हुन् ।

‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रसंग चल्छ । जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने छैन । छुट दिइने छैन् । यो प्रतिवद्धता हो’, उनले भने ।

उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गरे । भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ

२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०