चितवनमा अटो पल्टिँदा पाँच जनाको मृत्यु



चितवन । चितवनको राप्ती नगरपालिका–५ मा शनिबार साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना १ह ६४०९ नम्बरको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको सनाखत भएको छैन। एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीन जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजधानीमा ब्लुबुक कीर्ते गर्ने गिरोह सक्रिय, चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही

कालीगण्डकी करिडोरको निर्माणाधीन लमाए खोलाको पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल

निकालियो नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नम्बर १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको खुला

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा भक्तपुरमा फेला

  भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’