मेडिकल कलेजको शुल्कका विषयमा छानविन गर्न कार्यदल गठन



काठमाडौं । सरकार र मेडिकल कलेज सञ्चालकहरुसँग भएको सहमति अनुसार शुल्कका विषयमा छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

चिकित्सा शिक्षा आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो । शुल्कका विषयमा सरकार र मेडिकल कलेज सञ्चालकबीच मंसिर १० गते बैठक बसेर २ बुँदे निर्णय भएको थियो।

उक्त निर्णय अनुसार शुल्कका विषयमा आयोगले आवश्यक कार्य समेत अगाडि बढाइसकेको आयोगद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। आयोगले १० गतेको सहमति अनुसार कार्यदल गठन गरे पनि विद्यार्थीहरुले भने उक्त सहमति मान्य नभएको भन्दै आन्दोलन चर्काइरहेका छन्।

उनीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएस, बिडिएस, नर्सिङ सहित ८ वटा संकायको पहिलो वर्षको परीक्षा समेत बहिष्कार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

वसन्त यामको सगरमाथा आरोहणका लागि अनुमति दिन सुरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण

नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका