प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपरान्ह  डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

चिकित्सकले केही दिन अस्पतालमा राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई बिहीबार नै डिस्चार्च गरिएको हो । डिस्चार्ज हुनुअघि प्रधानमन्त्रीलाई भेट्न राष्टपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।

ओलीको भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले गत कार्तिक १३ गतेदेखि नियमितरुपमा डायलासिस गरिँदै आएको छ । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको