१३ औं सागः १५ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमा



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ ।

श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन ।

नेपालले सोमबार सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात÷सात स्वर्ण जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा आज भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो । नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो । पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते ।

यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते । पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते । यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्पm सात स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा आज १३ स्वर्णको छिनोफानो भएको थियो ।

श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो । नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन् । उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन् । यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते । नेपालले महिला समूह पुम्सेतर्फ १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो ।

यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि आजै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी

मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा

काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले

पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कर्णाली । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ ।