कांग्रेसले भन्यो -उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भयो



काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताएका हुन् ।

उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिंदा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए ।

उनले सरकार निर्वाचनलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उल्लंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्रीमण्डलको पुनर्गठन गर्न केन्द्रित भएको आरोप समेत लगाए ।

उनले यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताए ।

प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए । उनले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब केही दिनभित्र नयाँ सरकार र ओलीको बहिर्गमनः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले

प्रधानमन्त्रीको राजीनामा आउँदैनः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट सर्वोच्चले

थप ७३ मा कोरोना पुष्टि ,तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा

ममाथि शारीरिक हमला भए अनौठो मान्नु पर्दैनः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने