सरकारसँग वार्ता गर्न समाजवादी पार्टीद्वारा समिति गठन, परामर्श नगरी मन्त्रिपरिषद पुनर्गठन गरेकोमा आपत्ति



काठमाडौं । समाजवादी पार्टीले आफूहरुसँग कुनै परामर्श नगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका पार्टीले जनाएको छ ।
यस्ता छन् समाजवादी पार्टीको पदाधिकारी बैठकका निर्णय
. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।

३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८

देशमा सुशासन, रोजगारी र गुणस्तरीय शिक्षा दिन सकिएको छैन : अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प